Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रहरी हिरासतबाट फरार भएका अब्दुल खाँ पक्राउ

बर्दिया । प्रहरी हिरासतबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जबरजस्ती करणीको मुद्दामा हिरासतमा रहेका बाँकेको खजुरा गाउँपालिका-८ का २६ वर्षीय अब्दुल खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

अब्दुल खाँ साउन ९ गते ड्युटीमा रहेका सेन्ट्रीलाई झुक्काएर फरार भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट खटिएको टोलीले आज पक्राउ गरेको हो।

उनलाई बर्दियाको बढैयाताल गाउँपालिका-२ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएको प्रहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077