Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस नेता अपहरण गरेको आरोपमा ‘चाइनिज’ पक्राउ

सिन्धुपाल्चोक । कांग्रेस नेतालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ घर भएका रमेश लामा उर्फ चाइनिज रहेका छन् ।

वैशाख २६ मा सुनकोशी–६ थुम्पाखरबाट काभ्रेको पाँचखाल जाँदै गरेका कांग्रेस नेता धनबहादुर कार्की ‘बलराम’ अपहरणमा परेका थिए ।

सुकुटेमा चिया खाइरहेका बेला लामासहितका १५ जनाको समूहले गाडीमा हालेर उनलाई १ घण्टा पर सुनकोशीस्थित सदाबहादर एकेडेमीमा लगेर बन्धक बनाएका थिए ।

४० वर्षीय अभियुक्तलाई काठमाडौंबाट अनुसन्धानका लागि सिन्धुपाल्चोक पठाइएको छ । अपहणकारीले आफ्नो साथमा रहेको ९६ हजार लुटेको कार्कीले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077