Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरान उपमहानगरका मेयर साम्पाङविरुद्ध सहकारी पीडितको प्रदर्शन

सुनसरी । धरान उप-महनगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो गुनासो बेवास्ता गरेको भन्दै सहकारी संस्थाका पीडितहरूले प्रदर्शन गरेका छन् ।

धरानस्थित बराह ऋण तथा सहकारी संस्थाका पीडितहरूले उपमहनगका प्रमुख साम्पाङविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले आन्दोलन गर्नुअघि मेयर साम्पाङसँग आफ्नो माग पूरा गराइदिन आग्रह गरेका थिए ।

तर मेयरबाट आश्वासन पनि नपाउँदा रुष्ट बनेका उनीहरुले आइतबार प्रदर्शन गरेका हुन् । उनीहरूले उपमहानगरको कार्यालयमै पुगेर ‘हर्क साम्पाङ मुर्दावाद’ नारा लगाएका थिए ।

धरानका १३ हजार उपभोक्ताको निक्षेप फिर्ता गर्न नसकेर समस्यामा परेको बराह ऋण तथा सहकारी संस्थाले आफूमाथि ठगेको पीडितहरूको गुनासो छ । प्रदर्शनकारीहरूले साम्पाङको कार्यालयको सीसा पनि तोडफोड गरेका छन् ।

खगेन्द्र नेपालीले नेतृत्व गरेको आन्दोलनमा सहभागीहरूले साम्पाङको झ्यालको सीसा नै तोडपोड गरेपछि मेयर साम्पाङले नेपालीविरुद्ध गत सोमबार किटानी जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले नेपाली र प्रदीप बास्तोलालाई पक्राउ गरेको छ।

यता बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भने संयुक्त अपिल जारी गर्दै आगामी भदौ १६ सम्ममा समस्या समाधान गर्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077