Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुटपाटमा संलग्न २ व्यक्ति पक्राउ

काठमाडौं । लुटपाट कार्यमा संलग्न २ व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौंको टोखा बस्ने २५ बर्षीय सागर दर्जी र तारकेश्वर घर भएका १९ बर्षीय अमिर महर्जन रहेका छन् ।

गत असार २९ गते कुमारीस्थानमा पैदल हिडिरहेकी गायत्री ढकालको साथमा रहेको नगद,मोबाइल र महत्वपुर्ण कागजजात भएको व्याग लुटपाटमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट मोबाइल, खुकुरी, लागूपदार्थ समेत बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077