Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दुई ग्राम ९४ मिलिग्राम ब्राउनसुगरसहित लिम्बु र योङहाङ पक्राउ

मोरङ । प्रहरीले विराटनगरबाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ।

महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित २२ वर्षीय सुहन लिम्बु र मोरङ बेलबारी–११ बस्ने ३१ वर्षीय सिकुम योङहाङलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले को ३४ प २६३ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा उनिहरुको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका लिम्बु र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077