काठमाडौं । सांसद बिनाकुमारी श्रेष्ठले काठमाडौं उपत्यका फोहोरले दुर्गन्धित भएको भन्दै फोहोर व्यवस्थापनमा जुट्न तीनै तहका सरकारसँग माग गरेकी छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले फोहोरले राजाधनी काठमाडौं दुगर्न्धित हुँदासमेत सरकार टुलुटुल हेरेर बसेको आरोप लगाइन्।
उनले फोहोर व्यवस्थापनमा जुट्न तीनै तहको सरकारको दायित्व रहेको भन्दै हैजाले महामारी मात्रै होइन स्थानीयको ज्यानै जोखिमा रहेको बताइन्।
उनले सहर व्यवस्थित गर्ने बहानामा श्रमिकको रोजीरोटी खोसिएको भन्दै सडक व्यापारीका लागि वैकल्पिक उपायको खोजी गर्न समेत आग्रह गरिन्।