Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड पुगे जापानको हिरोसिमामा [फोटोफिचर]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अमेरिकाले ७५ वर्ष अघि आणविक बम खसालेको स्थान जापानको हिरोसिमामा पुगेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणमा रहेका आईतबार बिहानै हिरोसिमा पुगेको उनको सचिवायले जनाएको छ ।

प्रचण्डको सचिवालयले सामाजिक संजालमा तस्बीर सार्वजनिक गर्दै हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गरेको जनाएको हो । प्रचण्ड पाँच दिने भ्रमणका लागि शुक्रबार राती नेपालबाट प्रस्थान गरेका थिए।

शनिबार बिहान जापानको टोकियो स्थित नारिता विमानस्थलमा अवतरण गरेका प्रचण्ड त्यसलगत्तै पूर्वनिर्धारित कार्यक्रमहरुमा सहभागी भइरहेका छन्।

हेर्नुहोस् तस्विरहरु :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077