Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काँग्रेसका उम्मेदवारहरूलाई कसरी बलियो बनाउने भनेर सोच्ने समय आयो : प्रदिप पौडेल

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारहरूलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताएका छन् ।

शनिबार चितवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले सो कुरा बताएका हुन् ।

नेता पौडेलले भने, ‘टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउने सम्मको मार्गचित्र अहिले देखिनै बनाउनुपर्छ ।’

देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाई थियो । फरक प्रसंगमा बोल्दै पौडेलले काँग्रेसका भातृ संस्थाहरुले साउन महिनाभित्रै पूर्णता पाउने बताए ।

तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिवेशन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077