Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

घाँस काट्न गएका बेला जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका ६ देवनगरकी ५१ वर्षीया माया विकको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएका बेला जंगली हात्तीले आक्रमण गरेका थिए ।

घाँस काट्ने क्रममा विकलाई अचानक हात्तीले आक्रमण गरिको हो ।

मृतक विकको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077