Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • आमरण अनशन बस्दै आएकी निहारिका राजपुत पक्राउ

    आमरण अनशन बस्दै आएकी निहारिका राजपुत पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौँ । न्यायको माग गर्दै सिंहदरबार दक्षिण ढोका अगाडि आमरण अनशन गरिरहेकी निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले केही महिनादेखि नै आमरण अनशन बस्दै आएकी थिइन् ।

    सरकारले यसअघि आफूसँग गरेको ५ बुँदे सहमति पालना गर्नुपर्ने माग गर्दै पछिल्लो पटक उनी सरकारद्वारा जारी प्रतिबन्धित क्षेत्रमा अनशन बसेकी थिइन् । शुक्रबार प्रहरीले उनलाई दूधे छोरासहित पक्राउ गरेको छ ।



    यसअघि सरकारसँग भएको ५ बुँदे सहमतिपछि उनले अनशन तोडेकी थिइन्। तर उक्त सहमति पालना नगरेपछि उनी फेरि अनशनका लागि सडकमा आएकी हुन् ।



    महोत्तरीकी निहारिका न्याय माग गर्दै साढे दुई वर्षदेखि काठमाडौंमा डेरा भाडामा लिएर बस्दै आएकी छन् । यसबीचमा उनले विभिन्न संघसंस्था र नागरिक अगुवाको साथ पाए पनि उनको माग पूरा हुन सकेको छैन ।

    निहारिकाले आफ्नो बोली कसैले नसुनेपछि आमरण अनशनको बाटो रोज्न बाध्य भएको बताएकी छन् । आफू १७ वर्षको छँदा नै एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको भन्दै उनले दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने माग गर्दै आएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार