Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईजीपी सिंहद्धारा ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका ६३ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ६३ जना अधिकृतलाई आईजीपी धीरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

प्रशासनतर्फका प्रहरी नायब उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077