Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाडीले किचेर एक युवकले गरे प्रेमिकाको हत्या

एजेन्सी । चीनमा एक जना प्रेमीले आफ्नी प्रेमिकालाई कारले ठक्‍कर दिएर हत्या गरेका छन् । बुधबार हेबेई प्रान्तको ताङ्गशानमा वाङ नाम गरेकी एक महिलालाई झाङ नामका प्रेमीले पहिला ठक्कर दिए ।

उनी ढलेपछि प्रेमीले पटक-पटक गाडीले किचेर उनको हत्या गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। त्यो भिडिओ अहिले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ।

घटना हुँदा त्यहा उपस्थित केही मानिसले ती प्रेमीलाई पटक-पटक रोक्ने प्रयास गरेका थिए। दुई जना पुरूषले गम्भीर अवस्थामा रहेकी वाङलाई तानेर सडक छेउमा लैजाने प्रयाससमेत गरेका थिए। तर झाङले गाडी फेरि स्टार्ट गरी उनीमाथि कुदाएका थिए।

अचेत भइसकेकी वाङलाई उपचारका लागि अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनास्थलबाट भागेका झाङलाई प्रहरीले केही घन्टापछि पक्राउ गरेको थियो। प्रहरीले उनीहरूबीच विवाद भएको र त्यसकै कारण हत्या गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077