Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तकोशीले कटान गरेपछि सप्तरीको दुई पालिकामा ‘हाइअलर्ट’

सप्तरी । उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेमा सप्तकोशी नदी कटान भएपछि सप्तरीको दुई पालिकामासमेत हाईअलर्ट जारी गरिएको छ ।

जिल्लाको सप्तकोशी र कञ्चनरुप नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्क गराइएको हो।

सप्तकोशी नदीको छेउछाउमा रहेको बस्तीहरुतर्फ ईलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन जानकारी गराउने कार्य भइरहेको छ ।

सप्तकोशी नगरपालिकाको वडा नम्बर ६ र ७ मा उक्त पानी पस्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077