Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नदीले बगाउँदा दुईजना बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली नदीले बगाउँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन् ।

वाणगङ्गा नगरपालिका–७ बस्दै आएका वीरबहादुर सुनार र श्रीमती लक्ष्मी सुनार बेपत्ता भएका छन् ।

आज बिहान नदी तर्ने क्रममा उनीहरूलाई नदीको बहावले बगाएको हो । अहिले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयवासीले उद्धार गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077