Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • फर्निचर खरिदमा ४ लाख भ्रष्टाचार गर्ने कार्यकारी अधिकृतविरुद्ध मुद्दा दर्ता

    फर्निचर खरिदमा ४ लाख भ्रष्टाचार गर्ने कार्यकारी अधिकृतविरुद्ध मुद्दा दर्ता

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 924
    SHARES

    काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनले ४ लाख ४७ हजार ५ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।

    छत्रदेव गाउँपालिकामा आव ०७३/७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिलअनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामान खरिद गरेको भन्ने उजुरी परेको थियो।



    उजुरीमाथि अनुसन्धान हुँदा गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत जोशी सरुवा भई गएपश्चात कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरू, खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिनेदिने काम गरेको पाईएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।



    उनका अनुसार फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गरिएकोमा खरिद भएका सामग्रीमध्ये ४ लाख ४७ हजार ५०० रूपैयाँ बराबरका सामग्री कार्यालयमा नरहेको देखिएको छ। जोशीको उक्त काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर पुष्टि भएको भन्दै अख्तियारले जोशीले हानी नोक्सानी पुर्‍याएको रकम बराबरको बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी लिँदै आरोपपत्र दायर गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार