Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारी पीडितद्धारा धरान उपमहानगरपालिका तोडफोड

सुनसरी । सहकारी पीडितले धरान उपमहाननगरपालिकाको कार्यालय तोडफोड गरेका छन् ।

आफूहरुको पैसा खाएको भन्दै बराह बचत तथा सहकारीका संस्थाका सञ्चालकको सम्पत्ति रोक्का गर्न माग गर्दै नगरपालिका पुगेका पीडितहरूले कार्यालय घेराउ गरेर तोडफोड गरेका हुन् ।

उनीहरुले मेयर हर्क साम्पाङलाई समस्या सुनाइरहेका थिए । तर बीचमा नै मेयर साम्पाङले आफूहरुलाई नराम्रो वचन लगाएको भन्दै पीडितहरूले नगरपालिका कार्यालयमा तोडफोडसमेत गरेका हुन् ।

आइतबार बिहानको १० बजेबाट नै कार्यालय परिसरमा पुगेका पीडितहरूले दिउँसो २ बजेसम्म नाराबाजी गरेका थिए। २ बजे मेयर साम्पाङ आएपनि उनले पीडित पक्षलाई नराम्रो वचन लगाएको आरोप पीडितहरूको छ ।

धरानका मेयर हर्क साम्पाङले सहकारी पीडितले आफूलाई काम गर्न नदिएको, होहल्ला गरी कार्यालय सञ्चालनमा बाधा पुर्‍याएको, कार्यालयमा आएर गालीगलौज र तोडफोड गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077