Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

करेत सर्पको टोकाइबाट प्रधानध्यापकको मृत्यु

महोत्तरी । करेत सर्पको टोकाइले विध्यालयका प्रधानध्यापकको मृत्यु भएको छ । शनिबार राति उपचारका क्रममा माइस्थान पब्लिक एकेडेमीका प्रधानध्यापक युवराज श्रेष्ठको मृत्यु भएको हो ।

सर्पले टोकेको थाहा पाएपछि श्रेष्ठ आफै मोटरसाइकल चलाएर सर्पदंश उपचार केन्द्र बर्दिबासस्थित गौरिडाँडामा पुगेका थिए । ‘उहाँ सामान्य अवस्थामा आउनुभएको थियो, सर्पले टोक्यो भन्नुभयो । हामीले हेर्दा पछाडि ढाडमा र घाँटीनेर डसेको रहेछ,’ उपचारमा संग्लन चिकित्सक इन्द्र केसीले भने ।

उपचारको क्रममा श्रेष्ठलाई राति झन्डै १२ बजे स्वासप्रस्वासमा निक्कै अफ्ठ्यारो परेपछि जनकपुर प्रादेशिक अस्पतालमा पठाउने तयारी गर्दागर्दै निधन भएको सर्पदंश उपचार केन्द्र गौरिडाँडाले जनाएको छ ।

‘स्वासप्रस्वासमा निक्कै गाह्रो भएपछि हामीले स्टेचरमा हालेर एम्बुलेन्समा हाल्ने तयारी गर्दै थियौ । तर स्टेचरमै स्वासप्रस्वास बन्द भइसकेको थियो,’ चिकित्सक केसीले भने, ‘यदि भेन्टिलेटर भएको भए उहाँको ज्यान जोगिन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077