Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आणविक हतियार र हतियारको दौडमा यसरी अगाडि बढ्दै छ चीन

    आणविक हतियार र हतियारको दौडमा यसरी अगाडि बढ्दै छ चीन

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.2K
    SHARES

    तस्बिर बिबिसी

    एजेन्सी। चीनले तिब्र गतिमा आफ्नो सेनालाई बलियो बनाउने संकेत गरेको छ । हालै चीनले विमानवाहक वाहक तैनाथ गरेको छ ।

    धेरै पश्चिमी विश्लेषकहरूले अब सैन्य शक्तिको विश्वव्यापी सन्तुलन बदलिएको विश्वास गरेका छन् ।



    राष्ट्रपति सी चिनफिङले सन् २०३५ सम्ममा चिनियाँ सेनालाई आधुनिकीकरण गर्न निर्देशन दिएका छन् ।



    सी जिनपिङले चीनको सेना विश्वस्तरको सैन्य शक्ति बन्ने तथा सन् २०४९ सम्ममा युद्ध लड्ने र जित्ने क्षमता हुने बताएका छन् ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको आन्तरिक सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन् । साथै चीनको सेनाको नेतृत्व सत्तारुढ कम्युनिष्ट पार्टीप्रति वफादार ‘विश्वसनीय व्यक्ति’लाई मात्रै दिनुपर्ने चेतावनी पनि दिएको छ, जसले गर्दा विश्वको सबैभन्दा ठूलो र शक्तिशाली सेनाको दर्जामा अरु कुनै देशले चुनौती नपरोस् ।

    अगस्ट १ मा चीनको जनमुक्ति सेनाको गठन भएको ९५ वर्ष पूरा हुनेछ। जनमुक्ति सेना विश्वको सबैभन्दा ठूलो सेना हो।

    यसअघि बिहीबार सेनाको तालिम र शक्तिका विषयमा आयोजित एक अध्ययन सत्रमा बोल्दै चिनियाँ राष्ट्रपतिले भने, ‘सैनिक भर्ती गर्दा राजनीतिक इमान्दारीतामा जोड दिनुपर्छ ताकि सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम रहोस् ।’

    आफ्नो विज्ञप्तिमा जिनपिङले युद्धको प्रकोप र विश्वमा जारी अशान्तिलाई औंल्याउँदै सैनिक कर्मचारीको एउटै उद्देश्य हुनुपर्नेमा  जोड दिए।  चीन अहिले राष्ट्रिय सुरक्षामा बढ्दो अस्थिरता र अनिश्चितताको सामना गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार