Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रेस सेन्टरमा ६१ जना पदाधिकारी : १० उपमहासचिव, २० उपाध्यक्ष, २७ जना सचिव

काठमाडौं । माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरमा पदाधिकारी चयन गरिएको छ ।

विष्णु सापकोटा ‘जुगल’को अध्यक्षतामा गठित समितिमा २० जनालाई उपाध्यक्ष र २७ जनालाई सचिव बनाइएको छ ।आकांक्षीहरु सबैको व्यवस्थापनका लागि सेन्टरले जम्बो पदाधिकारी बनाएको हो ।

उपाध्यक्ष २० र सचिव २७ जना बन्दा उपमहासचिवमा १० जनालाई चयन गरिएको छ । सेन्टरको महासचिवमा सन्तोष पौडेल चयन भएका छन् भने कोषाध्यक्ष र सहकोषाध्यक्ष पनि १–१ जना चुनिएका छन् ।

आठ महिनाअघि चितवनमा सम्पन्न राष्ट्रिय सम्मेलनले अध्यक्ष र केन्द्रीय कमिटी चयन गरेको थियो । अहिले तिनैमध्येबाट ६१ जनाको पदाधिकारी चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077