Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष ओली भन्छन् - संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्य नहुने टिप्पणी गरेका छन् ।

बहुमत र अल्पमतका आधारमा प्रतिवेदन ल्याइएको भन्दै उनले प्रतिवेदन मान्य नहुने बताएका हुन् । समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको नपाइएको प्रतिवेदन सभामुखलाई बुझाएको थियो ।

शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुनेगरी समिति गठन भएको आरोप लगाए ।

संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077