Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्मचारी सरुवामा लाखौंको चलखेल, छानबिन थाल्दै अख्तियार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरुवामा मोलमोलाई गर्दै आर्थिक संकलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।

सामान्यमा कर्मचारी सरुवा गर्दा कतिपयको सूची बाहिर होटलमा नै बन्ने गरेको र पैसा लेनदेन भएको भन्दै कर्मचारीले नै गुनासो पोख्दै आएका छन् ।

आयोग स्रोतका अनुसार आयोगले छानबिनका क्रममा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समयमा गरेको सरुवाको विवरण मागेर अनुसन्धान थाल्ने भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077