Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

खाएको विष पो लाग्छ नखाएको त लाग्दैन, अर्थमन्त्री निर्दोष हुनुहुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा निर्दोष रहेको प्रमाणित भएको बताएका छन्।

शर्माले करको दर हेरफेरमा कुनै अनधिकृत व्यक्तिको प्रवेश नगराएको प्रमाणित भएको उनको भनाइ छ। संसदीय विशेष छानबिन समितिको प्रतिवदेनले शर्मालाई निर्दोष प्रमाणित गरिदिएको प्रचण्डले दाबी गरे ।

शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन् । तत्कालीन अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयको कुनै गल्ती नभएको छानबिन समितिको प्रतिवेदनको निष्कर्ष रहेको उनले बताए ।

‘बजेट राम्रो छ भन्ने हुँदैथ्यो । सबैले त्यसलाई स्वागत गर्दै थिए । राति १२ बजे अनधिकार मान्छेलाई ल्याएर करका दरमा हेरफेर गर्यो अर्थमन्त्रीले र यसलाई कारबाही गर्नुपर्छ भनेर यति धेरै प्रचार गरियो । हामीले, अझ मैले नै भन्नुपर्छ अध्यक्षको हैसियतले छानबिन गर्नू भनेँ, खाएको विष पो लाग्छ, नखाएको विष त लाग्दैन । छानबिन गर्न तयार । संसदीय छानबिन नै सही भनियो । छानबिनको १० दिन समय दिइयो । ७ दिन थपियो,’ उनले भने, ‘आज चाहिँ छानबिन समितिले प्रतिवेदन बुझायो उहाँ निर्दोष हुनुहुन्छ । केही प्रमाण छैन । अब प्रमाणित भइसक्यो । भर्खरै त्यो घोषणा भयो । अर्थमन्त्रीको, अर्थ मन्त्रालयको त्यस्तो कुनै गल्ती भएको छैन भन्ने छानबिन समितिको रिपोर्ट बुझियो ।’

यस्तै बैठकमा अध्यक्ष दाहालले तत्कालै समाजवादी केन्द्र निर्माणको कुनै सम्भावना नभएको उल्लेख गरे। सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैछ भन्ने समाचारहरु आएको भन्दै उनले त्यसको खण्डन गरे। समाजवादी केन्द्र बनाउनका लागि आफूहरुले अहिले कुनै छलफल नगरेको अध्यक्ष दाहालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077