Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा सांसद साहको चेतावनी - संघीयता र गणतन्त्रविरोध आवाजलाई कुण्ठित गर्नुपर्छ

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले एमालेका सांसदले संघीयता र गणतन्त्रविरोध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साहले एमालेका नेतृत्वले संसदमै संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्।

सांसद साहले भने, ‘विगतदेखि नै एमालेका नेतृत्वको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरोधी संसदमा अभिव्यक्ति दिइरहेका छन्। गणतन्त्रमा पनि यस्ता आवाज उठ्दा सभामुखले रुलिङ गरेर संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरोधी आवाजलाई कुण्ठित गर्नुपर्छ’।

धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रविरोधी गतिविधिमा संलग्न भएको भन्दै उनले ४ कात्तिक २०७७ मा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भारतीय रअ प्रमुख सामन्त  गोयललाई किन भेट्नु परेको भन्दै प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077