Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिप्लिएर नारायणी नदीमा खसेका पुरुष बेपत्ता

चितवन । चिप्लिएर नारायणी नदीमा लडेका एक पुरुष बेपत्ता भएका छन् ।

बिहीबार बेलुका करिब ५ बजे भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक पुरुष नारायणी नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा गोरखा आरुघाट घर भई हाल भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077