Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समन्वयबाट सहरी व्यवस्थापन र विकासलाई दिगो बनाउने चाहना छ : बालेन शाह

काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा खाँदबारीबाट ल्याइएका रुद्राक्षका बिरुवा रोपिएका छन् ।

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), खाँदबारी नगरका प्रमुख महेश थपलियाले संयुक्त रुपमा बिरुवा रोपेका हुन् ।

बर्खायाममा निरन्तर बिरुवा रोप्ने गरी आज सांकेतिक रुपमा मन्दिरको मुख्य प्रवेशद्वारको अगाडि पश्चिम उत्तरतर्फ बिरुवा रोपिएका हुन् ।

बिरुवा रोप्ने कामको थालनीपछिको संक्षिप्त प्रतिक्रियामा मन्त्री श्रेष्ठले, पशुपति क्षेत्रको गरिमा बढाउन धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व भएका वनस्पति रोप्न कामलाई निरन्तरता दिइने बताए ।

यसैगरी महानगरका प्रमुख शाहले, समन्वयबाट सहरी व्यवस्थापन र विकासलाई दिगो बनाउने चाहना रहेको उल्लेख गरे।
काठमाडौँ महानगरका प्रमुखलाई भेटेपछि पशुपति क्षेत्रमा रुद्राक्षका बिरुवा रोप्ने योजना बनेको हो ।

त्यस क्रममा खाँदबारी नगरका प्रमुख थपलियाको भनाइ थियो । पशुपति क्षेत्रमा रोप्नका लागि खाँदबारी नगरपालिकाले ३ सय ५० वटा बिरुवा पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077