काठमाडौं । कृषि बिकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा र सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढा सहित सव-इन्जिनियर राजेन्द्र शाही, तत्कालीन ना.प्रा.स. मणिचन्द्र बि.क., जिल्ला समन्वय समिति मुगका तत्कालीन खरिदार बिश्वास उपाध्याय, तीनमुखेदेखि लुवाबान्ना कृषि सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष बखत बहादुर सेजुवाल विरुद्ध मुद्दा दर्ता गरेको हो ।
यस्तै सचिव लाल बहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सह(सचिव सुरेश वुढा, छाँयानाथ रारा नगरपालिका वडा नं.१० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावतविरुद्द मुद्दा दर्ता गरेको हो ।
उनीहरुविरुद्ध छायाँनाथ रारा नगरपालिका, वडा नं. १० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिंचाई कुलो निर्माणको लागि कृषि विकास कार्यालय बजेट विनियोजन भएकोमा उपभोक्ता समिति र कृषि विकास कार्यालय, मुगुका कर्मचारीहरूसमेतको मिलेमतोमा अनियमितता गरेको आरोप छ ।
उनीहरुलाई २३ लाख १० हजार विगो माग दावी गरि विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
Leave a Reply