Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उद्योगमन्त्री बडू भन्छन् - अर्थतन्त्रको संकट हटाउन नयाँ उद्योग थपिन जरुरी छ

धनुसा। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकले भोगिरहेको आर्थिक संकटको एकमात्र निकास उद्योगधन्दाहरूको बढोत्तरी रहेको बताएका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघद्वारा जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै बडूले भने ‘अहिले जुन संकटको अवस्था छ, त्यो आयातमा निर्भर हुने अवस्था भएकाले हो, त्यसको समाधानका लागि कृषि र पर्यटनलाई अगाडि बढाउनुपर्ने कुरा छँदैछ । त्यसका अलावा उद्योगधन्दाहरू बढाउनुपर्ने अवस्था छ ।’

नेपालमा हाल जे जति उद्योग चलिरहेका छन्, ती पनि आफ्नो क्षमताअनुसार नचलेको उद्योगमन्त्री बडूले बताए ।

नयाँ उद्योगहरू अझ खुल्न जरुरी रहेको भन्दै उनले यसका लागि निजी क्षेत्र अगाडि बढ्न जरुरी रहेको बताए । मन्त्री बडूले निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेकोमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077