काठमाडौं । अवैध रूपमा सञ्चालित कल सेन्टरको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली रूपन्देही गएको छ ।
तिलोत्तमास्थित ब्लू स्काई सोलुसन प्रालि नाम दिइएको कल सेन्टरमा रूपन्देही प्रहरीले गत आइतवार छापा हानेर त्यहाँ भइरहेका गतिविधिलाई नियन्त्रणमा लिएको थियो ।
सूचना प्रविधिसम्बन्धी विज्ञ प्रहरी अधिकृत सहितको २ जनाको टोलीले मंगलवारबाट अनुसन्धान थालेको छ । कल सेन्टरले भारतीय नागरिकलाई बैंकिङ ऋण प्रवाहका नाममा ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
मंगलवारदेखि सीआईबीको टोलीले बरामद गरिएका कम्प्युटर, ल्यापटप र कल सेन्टरमा ऋण प्रवाहका लागि प्रयोग गरिएका एप्सहरूबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आइतवार प्रहरीले ब्लू स्काई सोलुसन प्रालिमा काम गर्ने १५० जना किशोरकिशोरीलाई पक्राउ गरेको थियो ।
Leave a Reply