Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टिकटक बनाउने क्रममा कुपिण्डे दहमा एक युवक बेपत्ता

सुर्खेत । टिकटक बनाउँदा चिप्लिएर सल्यानको कुपिण्डे दहमा एक युवक बेपत्ता भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका –६, दाङका अन्दाजी ३७ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मंगलबार दिउँसो उनी साथीहरुसँग कुपिण्डे दहको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077