काठमाडौं । दुई दिनसम्म उच्च अंकले वृद्धि भएको नेप्सेमा साताको तेस्रो कारोबार दिन भने गिरावट आएको छ । दुई कारोबार दिनमा नै ११५ अंकले बढेको नेप्सेमा साताको तेस्रो कारोबार दिन मंगलबार भने २ प्रतिशत भन्दा माथिको गिरावट भएको छ ।
मंगलबार बजार परिसूचक नेप्से ४४.८० अंक (२.१० प्रतिशत) ले गिरावट भएर २०८८.१६ अंकमा बन्द भएको हो। मंगलबार नेप्से सँगै सबै उपसूचकमा गिरावट भएको छ । अन्य उपसूचक ३.५६ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक २.९६ प्रतिशत, होटेल तथा पर्यटन र वित्त कम्पनी उपसूचक समान .७७ प्रतिशतले घटेको छन् ।
सोमबारको तुलनमा मंगलबार कारोबार रकम केही घटेपनि करिब ४ अर्ब पुगेको छ । मंगलबार बजारमा ८७ लाख ४० हजार ५५१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ५० लाखको कारोबार भएको छ ।
कारोबार भएकामध्ये शिवम् सिमेन्टको सवार्धिक १९ करोड ३९ लाखको कारोबार भएको छ । त्यस्तै अरुण कावेली पावरको १५ करोड ५७ लाखको कारोबार भएको छ ।
Leave a Reply