काठमाडौं । प्रतिनिधि सभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ।
साउन ८ गते गणपूरक संख्या नपुगेकै कारण निर्णयार्थ प्रस्तुत हुन नसकेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि स्वीकृत गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
विधेयक तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ साउन १२ ल्याएको थियो। उक्त विधेयकलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरिसकेको छ।
प्रतिनिधि सभाले राष्ट्रिय सभामा भएको संशोधन स्वीकार गरेकाले अब यो विधेयक सभामुख हुँदै राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउने तयारी गरेको छ।