मोरङ । एमाले निकट नेपाल खेलकुद महासंघका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।
सुनसरी इटहरीकी १९ वर्षीय एक युवतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा राउत र सुवेदीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
युवतीले उनीहरुविरुद्ध किटानी जाहेरी दिएको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राउत नेपाल खेलकुद महासंघका सचिव, कराँते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागको उपनिर्देशक पनि हुन् भने सुवेदी विराटनगर अस्पतालका सुरक्षा विभागमा कार्यरत छन् ।
Leave a Reply