Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चुनावमा कसैले ठूलो भाग खोजे टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

कास्की । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावसम्म नै गठबन्धन कायमै रहने बताएका छन् ।

४४ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा आज सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनमा आबद्ध दलहरू आउँदो चुनावसम्म नै तालमेल गरेरै अगाडि बढ्ने बताएका हुन् ।

तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी भावनाअनुसार हुने अध्यक्ष नेपालले बताए । पालिका चुनावको नतिजालाई सबै दलले सन्तोषजनक रूपमा लिएको भन्दै उनले यसैलाई आधार मानेर चुनावमा जाने बताए ।

अध्यक्ष नेपालले गठबन्धन गर्दा कसैले यो या त्यो बहानामा ठूलो भाग खोजेको खण्डमा टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077