Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अध्यक्ष प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सामेबार दाहाल र गौतमबीच भेटवार्ता भएको हो । भेटमा दुवै नेताबी समाजवादी केन्द्र निर्माण गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ ।

यस्तै आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कम्युनिष्टहरूको संभावित चुनावी एकताको विषयमा छलफल भएको छ । प्रचण्डले भर्खरै सम्पन्न आफ्नो भारत भ्रमणका बेला भएका बैठक र त्यसको सन्देश समेत गौतमलाई सुनाएका थिए ।

दुई नेताबीच आसन्न निर्वाचनमा कम्युनिष्टहरूको मोर्चा बनाएर अघि बढने विषयमा छलफल भएको स्रोतले बताएको छ। उनीहरुबीच आज अपरान्ह ५ बजे भेट भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077