Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अवैध लागूऔषध चरेससहित एक जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१७ इन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने दोलखा सैलुङ गाउँपालिका–८ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077