Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वअर्थमन्त्री जनार्दन प्रकरण : संसदीय छानबिन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक बस्न लागेको हो ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ । अहिलेसम्म अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नपाएपछि सिंहदरबार गेटकै फुटेज मगाएर अनुसन्धान गर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।

पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077