Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अछामका सिडिओ र डिएसपीलाई गृहमन्त्रीको फोन, पहिरो पीडितलाई राहत उपलब्ध गराउन निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्‍याएको क्षतिबारे जानकारी लिएका छन् । उनले आवश्यक उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डागीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए ।

खाँणले घाइतेको यथाशीघ्र उपचार र तत्कालको राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077