Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेशका महंगा र विलासी वस्तु आयात नगर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा उत्पादित महंगा र विलासी वस्तुहरू स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताएका छन् । स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरूको उत्पादन वृद्धि र बजारीकरणमा जोड दिँदै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महंगा र विलासी वस्तुहरू स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताए ।

स्वदेशमै उत्पादन भएका वस्तु तथा सामग्रीको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउन उनको आग्रह थियो । यस्तै कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी आर्थिक वृद्धिको जग बलियो बनाउन उनको आग्रह थियो ।

उनले देशले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा रहेकोले कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । प्रधानमन्त्री देउवाले स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामग्रीहरूको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दुवै चाप परेको स्थिति छ । सरकार र निजी क्षेत्रले दुवै एकआपसमा संवाद र सहकार्य गरेर अर्थतन्त्रको चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र देशको गरिबी तथा आर्थिक असमानता हटाउन तपाईँहरूले आफ्ना पुँजी, प्रविधिहरूलाई त्यसतर्फ केन्द्रित गर्न आवश्यक छ । विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरू बढाउनुस् ।’

कृषि क्षेत्र देशको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र देशको गरिबी तथा आर्थिक असमानता हटाउनुपर्ने उनको भनाइ छ ।

यस्तै प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको बताएका छन् । उनले मौद्रिक नीतिमा कृषि क्षेत्र, उत्पादनमूलक, निकासीजन्य उद्योगको विकासका लागि सहयोग पुर्‍याउने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077