Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर दैलेखमा १२ घाइते

दैलेख । दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन् ।

आइतबार दिउँसो वर्षातसहित परेको चट्याङले जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर २ स्थित सेर्माकोटका १२ जना घाइते भएका हुन् ।

स्थानीय रमेश सिंहलगायतको घरमा परेको चट्याङ परेको हो । वडाध्यक्ष यामबहादुर विष्टका अनुसार कोदो गोड्ने खेतालाहरू दिउँसोको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको थियो ।

घाइतेहरूलाई दैलेख अस्पताल पठाइएको उनले बताए । चट्याङ लागेर केही खसी र गाई मरेका वडाध्यक्ष विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077