Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आइतबार उच्च अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। मौद्रिक नीति आउने दिन शुक्रबार गिरावट आएको नेप्से मौद्रिक नीतिपछि उच्च अंकले बढेको हो। आइतबार नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३९ अंक बढेको छ।

आईतवार कारोबारमा आएका २१९ कम्पनी ६४ लाख २३ हजार १४६ कित्ता शेयर २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नेप्सेसँगै कारोबार रकमसमेत वृद्धि भएको छ। नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ७.२२ प्रतिशतले बढेको छ।

त्यस्तै,अन्य उपसमूह ६.९३ प्रतिशत,विकास बैंक ५.१ प्रतिशत, माइक्रोफाइनान्स  र लगानी उपसमूहको परिसूचक ३ प्रतिशत भन्दा बढीले बढेको छ।आइतबार कारोबारमा आएका सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पोज फाइनान्सको मूल्य सकारात्मक सर्किट लेभलमा भएको छ।

स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य ९.६ प्रतिशत बढको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट ३९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ।  नेपाल रिइन्स्योरेन्सको ६ करोड ८२ लाख र हिमालनय डिस्टिलरीको ६ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077