Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फोटो खिच्ने क्रममा सुन्दरीजलमा खसेर एक किशोर बेपत्ता

काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर शनिबार दिउँसो एक किशोर बेपत्ता भएका छन् ।

विदाको दिन मनाउन साथीहरूसँग घुम्न गएका कपनका १६ वर्षीय सुमन श्रेष्ठ बेपत्ता भएका हुन् ।

आज दिउँसो सवा ४ बजेतिर खोलामा फोटो खिच्ने क्रममा बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् । उनीसँगै अन्य सात जना घुम्न भनेर सुन्दरीजल पुगेका थिए ।

बेपत्ता भएका उनको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले खोजी गरिरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077