Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मधेशका जनतालाई प्रचण्डले भने - नागरिकताको समस्या समाधान भयो

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकताको समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

शनिबार सर्लाहीको बागमती नगरपालिकास्थित सोल्टी बजारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकताको समस्या समाधान भएको बताएका हुन् ।

साथै उनले नागरिकता विधेयक पास भएर लामो समयदेखि रहेको समस्या समाधान भएकोमा आफू निकै उत्साहित भएको पनि बताएका छन्।

उनले भने, ‘नागरिकता विधेयक पास भएपछि जनताको समस्या समाधान भयो। यसबाट म निकै उत्साहित भएको छु।’

शुक्रबार प्रतिनिधि सभामा सरकारले पेस गरेको नागरिकता विधेयक बहुमतले पारित गरेको थियो। लामो समयदेखि विवादित बनेको उक्त विधेयक शुक्रबार पारित भएको हो। उनले मधेशका जनताको मुख्य समस्याका रुपमा रहेको नागरिकताको समस्या अब समाधान भइसकेको दाबी गरे।

उनले तराई–मधेशको नागरिकतासम्बन्धी समस्या सम्वोधन गर्ने प्रतिबद्धताअनुसार नै नागरिकता विधेयक ल्याएर सरकारले बाचा पूरा गरेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077