Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नागरिकता विधेयक पास गर्न सिङ्गो सदन सहमत हुने गृहमन्त्री खाँणको विश्वास

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पास गर्न सिङ्गो सदन सहमत हुने विश्वास व्यक्त गरेका छन् ।

आज शुक्रवार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संशोधनकर्ताहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन् ।

उनले संविधानमा राखेको प्रावधानलाई समेटेर नै नागरिकता विधेयक अघि बढाउन लागेको बताए । गृहमन्त्री खाणले अहिले ल्याएको विधेयकको मूल आधारशिला नै नेपाली आमा र बुबा भएकाहरूले नै नागरिकता पाउने गरेर विधेयक ल्याएको बताए ।

उनले ऐन, विधेयक बनाउँदा सरकार र सदनलाई पनि संविधानको प्रावधानका बारेमा उभिएर जानुपर्ने उल्लेख गर्दै आउँदा दिनमा पनि संशोधन गर्ने गरेर अघि बढ्नुपर्ने बताए । गृहमन्त्री खाणले नागरिकता विधेयक सबैलाई आवश्यक रहेको उल्लेख गर्दै वैवाहिक अङ्गीकृतका लागि सबैले सहमति गरेर नागरिकताविहीन नेपालीलाई नागरिकको अधिकार दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077