Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अध्यक्ष प्रचण्डको दाबी - माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न सक्दैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आउँदो चुनावबाट देशको आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् ।

आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजनरध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । अध्यक्ष प्रचण्डले आउँदो सङ्घ र प्रदेश चुनावबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गरे ।

उनले भने, ‘अब एक पटक फेरि पुनर्स्थापित हुने माओवादी नै हो । यो देशमा माओवादी पुनर्स्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने चुनावमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एक पटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन ।’

अध्यक्ष प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेतारकार्यकर्ताको सङ्ख्या बढिरहेको भन्दै यसले नेकपा माओवादीलाई एक पटक फेरि सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077