विराटनगर । भारतीय कन्टेनरको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु भएको छ ।
बूढीगङ्गा गाउँपालिका–२ गङ्गा चोकमा भारतीय नम्बर प्लेटको कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का अन्दाजी २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो ।
एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले ३० प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ ।
Leave a Reply