Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतीय कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    भारतीय कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 828
    SHARES

    फाइल : तस्बिर

    मोरङ । भारतीय नम्बर प्लेटको कन्टेनरले ठक्कर दिँदा मोरङको बूढीगंगा गाउँपालिका–२ गंगा चोकमा शुक्रबार बिहान दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीम बहादुर राई रहेको मोरङ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर प्लेटका एफ आर ३८ एफ २२१० नम्बरको टेलर गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।



    ठक्करबाट मोटरसाइकल चालक परियार र सवार राई घाइते भई उपचारको क्रममा विराट मेडिकल कलेजमा दुवै जनाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको सवारी र चालक दुवै जानलाई नियन्त्रणमा लिएको छ ।

    घटनाको विरोधमा स्थानीयले सवारीसाधन सञ्चालनमा रोक लगाएर केहीबेर कोसी लोकमार्ग अवरुद्ध गरेका थिए । प्रहरीले सडक भने सूचारु गरिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार