Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडौं । भारतको १५औं राष्ट्रपतिमा दलित महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति मुर्मूलाई बधाई दिएका हुन् । देउवाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-'भारतको १५ औं राष्ट्रपति निर्वाचित भएकोमा श्रीमती द्रौपदी मुर्मुलाई नेपाली जनता र सरकारको तर्फबाट हार्दिक बधाइ ! आगामी दिनमा नेपाल(भारतको सुमधुर सम्बन्धले नयाँ उचाइ लिनेछ भन्ने कुराम म विश्वस्त छु।' सन्थाल समुदायकी मुर्मु भारतमा आदिवासी समुदायबाट राष्ट्रपति हुने पहिलो महिला हुन् भने प्रतिभा पाटिलपछि राष्ट्रपति हुने उनी दोस्रो महिला हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077