Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनका राष्ट्रपतिकी पत्नीले अमेरिकासँग मागिन् थप हतियार

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीकी पत्नी ओलेना जेलेन्स्काले रुसविरुद्धको लडाइँमा हतियार सहयोग गर्न अमेरिकालाई आग्रह गरेकी छन् ।

अमेरिकी संसदलाई सम्बोधन गर्दै उनले हतियारको सहयोग मागेकी हुन् । रुसी आक्रमण पूर्वी युक्रेनभन्दा अगाडि बढाउने घोषणा गरेको बेला जेलेन्स्कीकी पत्नीले हतियार माग गरेको जनाइएको छ ।

रुसले युक्रेनमा आक्रमण थालेको पाँच महिनाभन्दा बढी समय भइसकेको छ । यसबीचमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले युक्रेनका राष्ट्रपतिकी पत्नी अमेरिका भ्रमणमा छिन् ।

अमेरिकाले रुसको आक्रमणबाट प्रतिरक्षा गर्न भन्दै युक्रेनलाई ४० अर्ब डलरको सहयोग दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077