Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरीमा डुबेर दुई जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ ६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ ६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए।

तत्काल उद्धार गरी वालिङस्थित प्राथमिक अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077