Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • एमालेले महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने

    एमालेले महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 846
    SHARES

    काठमाडौं । नेकपा (एमाले)ले चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्नेभएको छ ।

    एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले महंगीविरूद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।



    पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी वनाइएको छ ।



    जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन गरिने जनाइएको छ ।

    राजधानीको वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

    बैठकमा पार्टीका उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरूङ र बिष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे, उपत्यकाका तीन जिल्लाका पार्टी अध्यक्ष, जनसंगठनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार